सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती म-यो । २०३८ सालमा जन्मिएकी पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन । तत्काल पोस्टमार्टममा खटिएका चिकित्सकहरूको आधार मान्ने हो भने पूजाकलीलाई क्षयरोग भएको थियो । यो समाचार आजको गोरखापत्रमा वसन्त पराजुलीले लेखेका छन् ।

‘फोक्सो बिग्रिएको थियो । पीप भरिएको थियो । यो क्षयरोगको लक्षण हो’, निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भने, ‘कहिलेकाहीँ निमोनियामा पनि यस्तो देखिन्छ । यसको निक्र्योलका लागि ल्याब टेस्ट गर्न पठाएका छौँ ।’ मरेको हात्तीको पोस्टमार्टम गर्ने चिकित्सकमध्ये एक हुन्, डा. श्रेष्ठ ।
त्यही हात्तीको पोस्टमार्टममा खटिएका नेपाल प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमिर सडौला पनि त्यो हात्ती मर्नुका कारण क्षयरोग नै भएको शंका गरे । ‘परीक्षण गरेर हेर्दा हामीलाई क्षयरोग नै हो भन्ने लागेको छ । प्रयोगशालाबाट यसको पुष्टि हुन जरुरी छ’, उलने भने ।
पछिल्लो एक वर्षमा चितवन निकुञ्जमा पाँचवटा हात्ती मरेका छन् । २०७५ पुस २५ यता शमशेरकली, उमाकली, भोलाप्रसाद, मोतीप्रसाद र पूजाकली मरेका हुन् । तर, अहिलेसम्म यी हात्ती के कारणले मरे भनेर निकुञ्जले सार्वजनिक गरेको छैन । यस्तै विगत डेढ वर्षमा निकुञ्जमा ४९ वटा गैँडा मरेका छन् । पछिल्लो आइतबार विद्युतीय धरापमा परेर मरेको आठ वर्षीय भाले गैँडाबाहेक अन्य सबै कालगतिले मरेका निकुञ्जले बताउँदै आएको छ । कालगतिमा पनि के कारणले मरे भन्ने जवाफ निकुञ्जसँग छैन । तर, सन् २०१५ मार्च १ मा निकुञ्जको पश्चिमी क्षेत्र अमलटारीमा मरेको १८ वर्षीय पोथी गैँडामा क्षयरोगको संक्रमण भेटिएको चिकित्सक डा. सडौला बताए ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स