January 7, 2020

दरबार हत्याकाण्डस्थल हेर्न वर्षदिन कुर्नुपर्ने

अबको एक वर्षपछि दरबार हत्याकाण्ड भएको विस्तारित स्थान सर्वसाधारणलाई खुला हुने भएको छ । राजा वीरेन्द्रको वंशविनाश हुनेगरी २०५८ साल जेठ १९ गते भएको हत्याकाण्ड स्थल विलियार्ड बैठकसँगै जोडिएको त्रिभुवन सदनको निर्माणको गति हेर्दा एक वर्षको हिसाब निस्किएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

युवराजधिराज पद पाइएपछि छुट्टै बस्ने परम्पराअनुसार दीपेन्द्र १८ वर्ष उमेर पुगेपछि त्रिभुवन सदनमा बस्दै आएका थिए । दीपेन्द्रको निजी निवासको रुपमा रहेको सो सदन दरबार हत्याकाण्डपछि तत्कालिन राजा ज्ञानेन्द्रले पूर्ण रुपले भत्काउन लगाएका थिए ।

नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार बिलियार्ड बैठकबाट भ¥याङ चढेर भित्रुवन सदनको दीपेन्द्र बस्ने कक्ष पुग्ने जुन संरचना थियो, त्यसलाई उही नाप–नक्सामा तयार पारिएको छ, हत्याकाण्डअघि त्रिभुवन सदनजस्तो अवस्थामा रहेको थियो, सोही संरचना खडा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय