January 3, 2020

आफ्नो राजनीतिक नक्साले नेपाली भू–भागमा असर नगरेको भारतको दाबी

नेपाल–भारतबीचको सीमा विवाद सामाधान गर्न कूटनीतिक तहमा अनौपचारिक गृहकार्य भइरहेको र छिट्टै वार्ताको मिति तय हुने भारतले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सीमा विवादबारेको छलफल द्विपक्षीय संयन्त्र हुने भारतको पछिल्लो धारणा सार्वजनिक भएको छ । भारतीय विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा विहीबार भारतीय विदेश सचिव रविश कुमारले भने, ‘सीमाका विषयमा वार्ता चलिरहेको छ । सीमा निधारणको प्रक्रिया पनि चलिरहेको छ ।’

आफ्नो मुलुकको राजनीतिक नक्साले नेपाली भू–भागलाई असर पर्ने काम नगरेको र नक्सा सही भएको दाबी गर्नुभयो । सीमा समस्या समाधान गर्न पछिल्लो विवाद बल्झिनुअगावै दुवैतर्फका परराष्ट्र सचिव संलग्न संयन्त्र गठन भइसकेको छ ।

यता परराष्ट्र मन्त्रालयले पनि वार्ताबारे गृहकार्य भइरहेको बताउँदै छिट्टै वार्ताको मिति तय हुने जनाएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्रमोदीबीच टेलिफोन संवादका क्रममा सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सार्वजनिक खरिदका श्रमिकलाई न्यूनतम पारिश्रमिक तोकियो, अदक्ष कामदारको दैनिक १७४० पुग्यो

कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध

ट्रेड युनियन अधिकार कमजोर पार्ने सरकारी निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूको माग

कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले

प्रधानन्यायाधीश र न्यायाधीशबारे छानबिन गर्न माग

काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा