January 3, 2020

पश्चिमी वायुको असर : तीन दिनसम्म मौसम खराब

देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ । मौसमविद् गङ्गा नगरकोटीले भने, “अहिले नेपाल प्रवेश गरेको पश्चिमी वायुले यो वर्षा गराएको हो, बिहीबार दिउँसैदेखि पहाडी भेगमा वर्षा भइरहेको छ ।” काठमाडौँ लगायतका स्थानमा भने अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षा भएको छ । बिहीबार काठमाडौँ उपत्यकामा हल्का पानी पर्ने र केही बेर घाम लाग्ने क्रम पनि जारी रह्यो ।

नगरकोटीका अनुसार वर्षाले उपत्यकाको चिसो बढाउनुका साथै वरिपरिका पहाडमा हिमपात गराउने सम्भावना छ । हिमपातको विशेष असर भने प्रदेश ६ र ७ को उच्च हिमाली भेगमा बढी परेको छ ।

अधिकांश पहाडी भेगमा पानी पर्ने भएकाले वायुको सापेक्षित आद्रतामा चिस्यान बढ्दा जाडोले जनजीवन प्रभावित हुने नगरकोटीले बताए । यसअघिको वर्षाले न्यूनतम तापक्रम घट्ने क्रममा असर पु¥याएको थियो । जसका कारण काठमाडौँको न्यूनतम तापक्रम ०।६ डिग्री सेल्सियससम्म पुगेको थियो । यसपटकको वर्षाले भने अधिकतम तापक्रम घटाएर जाडो बढाउने नगरकोटीले बताए ।

भूमध्य सागरबाट उठेको जलवाष्पलाई पश्चिमी वायुले नेपाल भित्र्याएको हो । भूमध्य सागरसँगै जम्मुकश्मीर क्षेत्रबाट समेत पश्चिमी वायुले वर्षाको न्यूनचापीय कण बोकेर आइरहेको छ । हिउँदमा हुने पश्चिमी वायुको असरले परेको पानी पूर्वी नेपाल हुँदै सकिन्छ । मनसुनमा भित्रिने दक्षिण र पूर्वी वायुले भिœयाउने वर्षा भने पश्चिम नेपाल हुँदै अन्त्य हुने गर्छ ।

यसपटकको पश्चिमी वायुको असर झन्डै एक हप्ता कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “छोटो छोटो वर्षा हुन्छ तर लगातार भइरहन्छ,” मौसमविद् नगरकोटीले थपे, “आगामी तीन दिन मौसम खराब रहनेछ । त्यसपश्चात् एकाध दिन मौसम खुलेजस्तो भए पनि फेरि पश्चिमी वायुको प्रभावले थप वर्षा हुने सम्भावना छ ।”

हालको पश्चिमी वायुसहितको बलियो न्यूनचापीय प्रणाली नेपालमा सक्रिय रहेकै बेला भूमध्य सागरमा उत्पन्न भएको अर्को न्यूनचापीय प्रणाली नेपालतिर आउँदै गरेको उनले जानकारी दिए । त्यसैका कारण आकाशमा बादल लाग्ने र बदली भइरहने क्रम जारी रहनेछ ।

बिहीबार, शुक्रबार र शनिबार दिउँसो तथा राति देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । उच्च पहाडी र हिमाली भेगमा भने लगातार हिमपात हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स