January 1, 2020

पूर्व एमाले ‘इन’, पूर्व माओवादी ‘आउट’

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविमा एकलौटी निर्णय गरेको भन्दै नेकपा समर्थित पूर्वमाओवादीका प्राध्यापकहरु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दैलोमा पुग्ने तयारीमा छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

उपकुलपति प्राडा बास्कोटाले केही दिनअघि प्राडा पेशल दाहाललाई रजिस्ट्रारमा नियुक्त गरेपछि आक्रोशित बनेका नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पदाधिकारीले अधयक्ष प्रचण्ड भेट्ने तयारीमा पुगेका छन् ।

तत्कालीन एमालेको भागवण्डामा नियुक्त भएका उपकुलपति बास्कोटाले आधा दर्जन क्याम्पस र विभिन्न कार्यालयमा पूर्व एमाले निकट प्राध्यापकलाई नियुक्त गरेको उक्त संगठनको आरोप छ ।

उक्त संगठनले तत्कालीन नेकपाको भागवण्डामा परेका विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारसहितको पदाधिकारी आफ्नो भागमा पर्नुपर्ने अडान लिई प्रचण्डलाई भेट्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय