साउदी अरेबियामा लामो समय एउटै कम्पनीमा काम गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली श्रमिकलाई केही रोजगारदाताले विभिन्न बहानामा शर्तबमोजिमको सुविधा दिन आनाकानी गरेको पाइएको छ । साउदीस्थित नेपाली दूतावास अनुसार कामदारहरुले करार अवधि पूरा गरी स्वदेश फर्किने समयमा केही रोजगारदाताले विभिन्न बहानामा लामो सेवावापतको सुविधा दिन आनकानी गर्ने गरेका छन् । लामो समय काम गरेका नेपालीको सेवा सुविधा रकम धेरै हुने गरेको कारण रोजगारदाताले विभिन्न बहानामा नेपाली श्रमिकलाई दुःख दिने गरेका हुन् । यो खबर आजको कारोबारमा गोपाल संग्रौलाले लेखेका हुन् ।
‘लामो समयसम्म एउटै कम्पनीमा काम गरेका नेपालीहरु सेवा करार समाप्त गरी स्वदेश फर्कने समयमा केही कम्पनीले विभिन्न बहानामा लामो सेवावापत कम्पनीबाट पाउने सुविधाहरु नदिने, महिनौंको तलब नदिने, आकामा नवीकरण नगरिदिनेलगायतका प्रवृत्तिहरु धेरै देखिएको छ,’ दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘यस्ता समस्याका बारेमा चनाखो भई आफ्नो समस्याका बारेमा साउदी श्रम कार्यालयमा निवेदन दिने र सोको जानकारी दूतावासमा गराउन अनुरोध छ ।’
नेपालीको व्यवहार पनि कानुनविपरीतः
पछिल्लो समय साउदी अरबमा रोजगारीमा गएका नेपालीले केही हप्तामा नै कम्पनी नराम्रो भएको, तोकिएको सुविधा नपाएको, मेडिकल नगरेको, मेसको खाना राम्रो नभएको, बिरामी हुँदा कम्पनीले उपचार नगरेको कारण देखाई रोजगारदाता छोड्ने गरेका छन् । साउदीमा अकामा जारी वा नवीकरण नगरी वा कम्पनी छोडी भाग्ने (हुरुब) हरुका लागि नेपाली राजूतावासले स्वदेश फिर्तीको अभियानसमेत चलाएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय