December 31, 2019

मौरीबाटै विष उत्पादन

मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा विप्लव कफ्लले लेखेका छन् ।

‘मौरीको संरक्षण गर्ने हतियार खिल’ अर्थात ‘वि–भेनम’ संकलन सुरु गरेका छौँ,’ सञ्चालक प्रोफेसर डा. खेमराज न्यौपानेले भने, ‘खिल खाद्य वस्तु होइन, तर कैयन रोगको उपचार गर्ने औषधि बनाउन उपयोग हुन्छ ।’ उनका अनुसार १० हजार मौरीबाट १ ग्राम ‘वि–भेनम’ संकलन गर्न सकिन्छ । १ ग्राम भेनम संकलन गर्न ३ दिन लाग्छ । १८ देखि २० दिनका कर्मीमौरीमा विष ग्रन्थी विकास भएको हुन्छ । शत्रुलाई आक्रमण गर्ने क्रममा टोक्दा ‘खिल निकाल्छ । वि भेनमको मूल्य २५ देखि ३० लाख पर्छ । इन्जेन्सन, पाउडर, क्रिम आदिमा वि भेनम प्रयोग हुन्छ ।

नेपालमा हालसम्म वि भेनमको व्यवसायीक उत्पादन भएको छैन । नसा, मुटु, वाथजस्ता रोगको उपचारमा वि भेनम प्रयोग हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय