हेटौँडालाई प्रदेश ३ को राजधानी तोक्ने निर्देशन दिने नेकपा सचिवालयको निर्णयप्रति सोही पार्टीका सांसदहरुले विरोध जनाएका छन् । निर्णयले संविधान र संघीयतामाथि प्रहार गरेको आरोप लगाउँदै उनीहरुले उक्त निर्णय नमान्ने चेतावनी दिएका छन् । उनीहरुले यसलाई विधि र प्रक्रिया मिचेर गरिएको निर्णयको संज्ञा दिएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

संघीयतालाई व्यावहारिक अनुभूत हुने गरी प्रदेश नम्बर ३ को पहिचना र संस्कृतिका आधारमा नामाकरण गर्नुपर्नेमा पञ्चायतकालमा राखिएको बागमती अञ्चलको नामबाटै प्रदेशको नाम राख्नु संघीयताको मर्मतविपरित रहेको प्रदेश सांसदहरुको धारणा छ ।
काभ्रेलाई प्रदेश राजधानी प्रस्ताव गर्नेमध्ये प्रस्तावक चन्द्र लामाले सचिवालयको निर्णयले संसदको सर्वोच्चतामाथि प्रशन उठेको बताए ।
त्यस्तै, प्रदेश नम्बर ३ का कानुन तथा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश ३ को नाम नेवाः–ताम्सालिङ–बागमती राख्नुपर्नेमा नभएको बताउँदै भने, ‘संघीयता खोलाले हैन जनताले मागेको हो । बागमती मात्र राख्दा संघीयताको मर्मअनुकूल भएन ।’
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय