December 30, 2019

भान्सा सुरक्षा: सानो होशियारी अपनाउँदा बचाउँछ ठूलो जोखिमबाट

सुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति हुने गरेका छन् । सानो सुरक्षाको कुरा थाहा नहुँदा यस्ता घटना भएको पाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

धर्मपथस्थित जुद्ध वारुणयन्त्रका इन्चार्ज लीलाराज गाच्छाले भान्छामा हुने सानो घटनाका कारण नै ठूलो हुने बताए। ग्यास लिकेज तथा बिजुली सर्ट भएर नै बढी आगो लाग्ने गर्छ । सानो हुँदा नै सामान्य सुरक्षा अपनाउन सकेको खण्डमा धेरै धनजनको क्षतिबाट रोकथाम हुन्छ ।

गाच्छा भन्छन्, “आगोका स्रोतहरू कहाँ छन्, त्यो पत्ता लगाउनुपर्छ । भान्छा भन्नेबित्तिकै आगोसँग सम्बन्ध हुन्छ । विद्युतीय वा ग्यास उपयोगी वस्तु हुन्, जसको माध्यमबाट नै सम्पूर्ण खाना पाक्ने हो ।”

गाच्छाले भने, “ग्यास वा विद्युतीय साधन प्रयोग गर्न जान्यौँ भने धेरै सुविधा दिन्छ तर प्रयोग गर्न जानेनौँ भने त्यसले क्षति निम्त्याउँछ । आगो लागिहाल्यो भने पानीले निभाउने भन्ने हाम्रो धारणा छ, विद्युतीय सामान जस्तै राइसकुकर, इन्डक्सनजस्ता सामानमा सर्ट भएको खण्डमा पानी प्रयोग ग¥यो भने झन् ठूलो क्षति हुन्छ ।”

यस्तो अवस्थामा कहाँबाट सर्ट भएको हो, त्यो जान्नुपर्छ र विद्युत्को मुख्य स्विच बन्द गर्न र ग्यास लिकेज हुँदा पनि पानी प्रयोग नगर्न उनको सुझाव छ । ग्यासबाट हुने आगलागीमा पानीले निभ्दैन, यस्तो अवस्थामा ‘फायर ब्लाङकेटिङ’ प्रयोग गर्नुपर्छ ।

भान्छामा खाना पकाउन जाँदा सकेसम्म आगोले तुरुन्तै टिप्ने लुगा प्रयोग गर्नुहुँदैन । ग्यास लिकेज भएको हो भने सामान्य तन्नाको माध्यमबाट निभाउन सकिन्छ । लिकेज भएको सिलिन्डर कहिले पनि पड्किँदैन, त्यसैले त्यसलाई प्लास्टिकको बाल्टिनले छोप्नुपर्छ, जसले गर्दा अरू ठाउँमा आगोले टिप्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय