December 12, 2019

विदेशी लगानीमा चीनको वर्चस्व, नेपालमा आएको कूल लगानीमा चिनियाँ लगानी ८० प्रतिशतभन्दा बढी

विदेशी लगानीको प्रतिबद्धतामा चीनको वर्चश्व कायम रहेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७५÷७६ मा साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ । नेपालमा आएको विगत ५ महिनाको कूल लगानीको ८० प्रतिशतभन्दा बढी चिनियाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

उद्योग विभागका अनुसार यस अवधिमा १२५ वटा कम्पनीमध्ये उद्योग विभागमा दर्ता भएका कुल १९ अर्ब ४२ करोड ५० लाख, ३८ हजार ४०० रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । जसमध्ये चीनबाट मात्रै १०४ वटा कम्पनीमार्फत १५ अर्ब २६ करोड ४० लाख ३० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

त्यसैगरी अस्ट्रेलियाबाट ५ करोड, बंगलादेशबाट १५ करोड, फ्रान्सबाट २५ करोड, भारतबाट २ अर्ब ४० करोड, जापानबाट १० करोड, बेलायतबाट २१ करोड, पाकिस्तानबाट १० करोड, मलेसियाबाट ५ करोड वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय