December 11, 2019

जम्मु र कस्मिर राष्ट्रसंघको ‘विवादित’ सूचीबाट हट्यो, पाकिस्तानको विरोध

काठमाडौं, मंसिर २५जम्मु र कस्मिरलाई संयुक्त राष्ट्रसंघले ‘नसल्टिएका विवाद’ को सूचीबाट हटाएको छ। राष्ट्रसंघको यस्तो कार्यको पाकिस्तानले विरोध गरेको छ।

करिब सात दशकदेखि जम्मु र कस्मिरको स्वामित्वलाई लिएर भारत र पाकिस्तानबीच खिचातानी चलिरहेको छ। यसै वर्ष भारतले यो राज्यलाई टुक्र्याएर केन्द्रशासित भूभागको हैसियत दिएको छ।

‘जम्मु र कस्मिर विवादलाई लामो समयदेखि जारी विवादको सूचीमा उल्लेख गरिएको छैन,’ राष्ट्रसंघका लागि पाकिस्तानी दूत अमजद हुसेन बी सियालले महासभा बैठकमा भने, ‘हामीलाई लाग्छ यो गल्ती असावधानीवश भएको हो। किनभने जम्मु र कस्मिर सुरक्षा परिषदमा सबैभन्दा पुरानो विवादित एजेन्डामध्ये एक हो।’

पाकिस्तानले जम्मु र कस्मिरमा राष्ट्रसंघले हस्तक्षेप गर्नुपर्ने माग राख्दै आएको छ। भारतले भने यो विषय द्विपक्षीय रुपमा समाधान हुनुपर्ने अडान राख्ने गरेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

चन्द्रतर्फ आर्टेमिस–२ उडान

क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन