December 11, 2019

एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

मानव विकास सूचकांक (एचडीआई) मा नेपालको स्तरमा झीनो सुधार देखिएको छ । सन् १९१० देखि सन् २०१८ सम्मको अवधिमा एचडीआईमा औसत वार्षिक शून्य दशमलव ५२ प्रतिशतले सुधार गर्दै  नेपाल १८९ देशमध्ये १४७ औं स्थानमा उक्लिएको हो । गत वर्ष नेपाल १४९ औं स्थानमा रहेको थियो । यो समाचार आजको आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।

सन् २०१८ मा नेपालको रेटिङ शून्य दशमलव ५७९ रहेको छ । सन् १९९० मा शून्य दशमलव ३८० थियो । न्यून रेटिङ भएका मुलुकभन्दा नेपाल अहिले ६ स्थान मात्र अगाडि रहेको छ । नेपालकै स्थानमा केन्या पनि छ । प्रतिवेदनअनुसार दक्षिण एसियाको एचडीआईमा नेपालभन्दा श्रीलंका, भारत, भुटान र बंगलादेश अघि छन् । दक्षिण एसियाका मुलुकमध्ये श्रीलंका १७१ औं स्थान र भारत १२९ औं स्थानमा छन् ।  भुटान १३४ औं, बंगलादेश १३५ औं र पाकिस्तान १५२ औं स्थानमा छन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी०ले मंगलबार विश्वभर सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा शिक्षा, स्वास्थ्य एवं रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय २०११ को पीपीए डलरमा १३० दशमलव ५ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय