December 5, 2019

पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने निर्माण कम्पनी र सप्लायर्स कालो सूचीमा

विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने निर्माण कम्पनी तथा ‘सप्लायर्स’लाई कालो सूचीमा राखिएको छ । कामको जिम्मा लिने तर काम नगर्ने विभिन्न निर्माण कम्पनी र सप्लायर्सलाई कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

उनका अनुसार निर्माण कम्पनी श्रीकृष्ण कन्स्ट्रक्सन÷त्याडी निर्माण सेवा (जेभी) र होराइजन निर्माण विल्डर्सलाई कालो सूचीमा सूचीकृत गरिएको हो । यी निर्माण कम्पनीहरूलाई एक वर्षका लागि कालो सूचीमा सूचीकृत गरिएको हो ।

त्यसैगरी, ‘सप्लायर्स’ कम्पनी श्री ऊँ श्री ऊँ इन्टरप्राइजेज र तिवारी मेडिसिन डिस्ट्रिब्युटर्सलाई कालो सूचीमा सूचीकृत गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता कोइरालाले दिए । श्री ऊँ श्री ऊँ इन्टरप्राइजेजलाई एक वर्षका लागि र तिवारी मेडिसिन डिस्ट्रिब्युटर्सलाई दुई वर्षका लागि कालो सूचीमा सूचीकृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स