December 4, 2019

राजधानीमा दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिने

काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भयो । यो खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६/७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकको खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले दुई–तीन महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घीय सडकहरूका खाल्डाखुल्डीहरूलाई पुरिने बताए । उनले योजना बनाएर मङ्गलबारबाट खाल्डाखुल्डी पुर्ने कार्य सुुरु गरिएको स्पष्ट पारे । मन्त्रालयले सडक निर्माण, मर्मत तथा खाल्डाखुल्डी पुरिने कार्यको अनुगमन गर्ने जानकारीसमेत उनले दिए । मुलुकभरिका सडकका खाल्डाखुल्डीहरू पुरिने काम नसकेसम्म यो अभियान निरन्तर रूपमा चलिरहने उनले स्पष्ट पारे ।

उनले भने, ‘अबको दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घअन्तर्गत पर्ने सडकहरूको खाल्डाखुल्डीलाई पुरिने योजना भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको छ ।’ विभिन्न निकायअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका सबै सडकलाई ती निकायहरूसँग समन्वय गरी खाल्डाखुल्डी पुरिने लक्ष्य मन्त्रालयको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय