December 3, 2019

बाग्मतीलाई पहिलेकै अवस्थामा फर्काउन तारजाली

धार्मिक तथा सांस्कृतिक धरोहर बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउनका केही वर्षयता राज्य र निजीस्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन गरी बाग्मतीलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास करिब एक दशकदेखि भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले बाग्मती नदीसहित यसका सहायक खोलामा फलामको जाली जडान गरी पहिलेभन्दा सहज रूपमा बाग्मती सफाइ गर्न सक्ने बताए ।

एक ठाउँबाट अर्को ठाउँमा बगेर जाने ठोस फोहोरलाई जालीमार्फत रोकी सहज रूपमा ती फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्न सकिने उहाँले बताए ।

उनले भने, “जाली राखेर नदी र खोलाको सफाइ गर्न सकिए पनि यसका लागि जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । काठमाडौँको नदी र खोलामा बढी मात्रामा ठोस फोहोर बग्ने भएको हुनाले पानी परेको बेला जालीका कारणले फोहोर जम्मा भई नदी थुनिन गई सम्बन्धित क्षेत्रमा बाढीसमेत आउन सक्ने भएकाले जालीमा जम्मा भएका फोहोर हटाउनका लागि निरन्तर जनशक्ति र उपकरण तैनाथी अवस्थामा राख्नुपर्छ । ”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय