December 1, 2019

ओली र मोदीको सहकार्यबाट जनता लाभान्वित भएको भन्दै मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

उनले प्रम ओलीको शल्यक्रिया पछि छिटो पूर्ण रुपमा स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पत्रमा भारतीय जनता र आफ्नो तर्फबाट थप उपचार सेवा र सल्लाहका लागि सहयोग गर्ने तत्परता व्यक्त गरेका छन्  । सन्देशमा मोदीले प्रधानमन्त्रीको नेतृत्व र उनको महत्वपूर्ण साझेदारीबाट दुबै देशका जनता अत्याधिक लाभान्वित भएको स्मरण गरेका छन् ।

साथै उनले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रधानमन्त्री ओलीसँग भविष्यमा पनि निरन्तर काम गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण