November 29, 2019

द्रुतमार्ग निर्माणमा छानिए यी ६ परामर्शदाता कम्पनी

काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाले द्रुतमार्ग निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको छ । कुल २२ वटा कम्पनीले प्रतिस्पर्धा गरेकामा छवटा कम्पनी छनोटमा परेका छन् । आयोजनाले परामर्शदाता छनोटका लागि कम्पनीहरूको सङ्क्षिप्त सूची सार्वजनिक गरेसँगै आयोजनाको कार्य अगाडि बढ्ने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले द्रुतमार्ग निर्माणका लागि परामर्शदाता चयन गर्न बोलपत्र भरेका कम्पनीहरूमध्ये सङ्क्षिप्त सूचीमा परेका छवटा विदेशी कम्पनीको नाम सार्वजनिक गरिएको जानकारी दिए । परामर्शदाता छनोटका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा २२ वटा विदेशी कम्पनीले बोलपत्र भरेका थिए । परामर्शदाता छनोटका लागि कात्तिक २० गते अन्तर्रा्ष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।

सङ्क्षिप्त सूचीमा योसिन इन्जिनियरिङ कर्पोरेसन, कोरिया एक्सप्रेस वे कर्पोरेसन कोरिया र फुङ्वा इन्जिनियरिङ कन्सल्ट्यान्ट लिमिटेड, कोरिया (संयुक्त भेन्चर, जेभी), चाइना रेलवे इर्वान इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड परेका छन् । यसैगरी पीईसी र डचल्यान्ड प्लानिङ इन्जिनियरिङ कन्सल्टिङ सर्भिस जर्मनी (संयुक्त भेन्चर, जेभी), जर्मनीको जेभी र अस्ट्रेलियाको एसएमईसी, कोरियाको डोङ्सुङ इन्जिनियरिङ र कोरिया इन्जिनियरिङ कन्सल्टेन्सीको जेभी सूचीकृत भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण