काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाले द्रुतमार्ग निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको छ । कुल २२ वटा कम्पनीले प्रतिस्पर्धा गरेकामा छवटा कम्पनी छनोटमा परेका छन् । आयोजनाले परामर्शदाता छनोटका लागि कम्पनीहरूको सङ्क्षिप्त सूची सार्वजनिक गरेसँगै आयोजनाको कार्य अगाडि बढ्ने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले द्रुतमार्ग निर्माणका लागि परामर्शदाता चयन गर्न बोलपत्र भरेका कम्पनीहरूमध्ये सङ्क्षिप्त सूचीमा परेका छवटा विदेशी कम्पनीको नाम सार्वजनिक गरिएको जानकारी दिए । परामर्शदाता छनोटका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा २२ वटा विदेशी कम्पनीले बोलपत्र भरेका थिए । परामर्शदाता छनोटका लागि कात्तिक २० गते अन्तर्रा्ष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।
सङ्क्षिप्त सूचीमा योसिन इन्जिनियरिङ कर्पोरेसन, कोरिया एक्सप्रेस वे कर्पोरेसन कोरिया र फुङ्वा इन्जिनियरिङ कन्सल्ट्यान्ट लिमिटेड, कोरिया (संयुक्त भेन्चर, जेभी), चाइना रेलवे इर्वान इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड परेका छन् । यसैगरी पीईसी र डचल्यान्ड प्लानिङ इन्जिनियरिङ कन्सल्टिङ सर्भिस जर्मनी (संयुक्त भेन्चर, जेभी), जर्मनीको जेभी र अस्ट्रेलियाको एसएमईसी, कोरियाको डोङ्सुङ इन्जिनियरिङ र कोरिया इन्जिनियरिङ कन्सल्टेन्सीको जेभी सूचीकृत भएको नेपाली सेनाले जनाएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय