November 28, 2019

बैङ्कमा पनि पैसा सुरक्षित छैन !

‘बैङ्क खातामा नगद जम्मा गर्दैमा रकम सुरक्षित छ’ भन्ने भ्रममा हुनुहुन्छ भने होसियार हुनुहोस् ! व्यक्तिगत खाता नम्बर र हस्ताक्षर चोरी गरी रकम अर्कैले झिकिदिन पनि सक्ने देखिएको छ । गोरखापत्रमा खबर छ ।

आइतबार राति यस्तै घटना भयो । जनता बैङ्कका ग्राहक गोपालमान राजवाहकको खाताबाट अपरिचित व्यक्तिले करिब १९ लाख रुपियाँ निकालेका छन् । आफ्नो खाताबाट रकम झिकिएको म्यासेज पाएपछि बैङ्कमा पुगेका राजवाहाकको समस्याको समाधान भएन । त्यसपछि राति नै प्रहरीको सम्पर्कमा गएका गोपालमानले चेकबुक र एटीएमकार्ड आफूसँंग सुरक्षित हुँदाहुँदै अपरिचितले रकम झिकेको एसएमएस देखाएपछि प्रहरीले शङ्का लागि घटनाको अनुसन्धान सुरु गरेको हो । 

जनता बैङ्कको न्युरोड शाखाबाट तीन पटक गरी उहाँको खाताबाट १९ लाख रुपियाँ झिकिएको छ । सो रकम झिक्न अभियुक्तहरूले गोपालमानको खाता नम्बर मात्र नभई हस्ताक्षर चोरी र चेकबुक कपी गरेको पाइएको छ । यो घटनामा बैङ्कका कर्मचारीको समेत मिलेमतो हुनसक्ने आरोप प्रहरीको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले घटनामा संलग्न छजना अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय