November 27, 2019

केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु, काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग सम्भव

नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुने भएको छ । यो समाचार आजको गोरखापत्रमा भउजप्रसाद यादवले लेखेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि भएको समझदारीपत्र (एमओयू)लाई मूर्त रूप दिन सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार बसेको नेपाल र चीनका पदाधिकारीहरूको संयुक्त बैठकले यो सहमति गरेको हो । सो रेलमार्ग निर्माणका लागि छिट्टै विस्तृत सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जनाएका छन् ।

उनले भने, ‘आजको बैठकमा प्रस्तावित सो रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन कसरी अगाडि बढाउने र त्यस क्रममा नेपाली र चिनियाँ पक्षको दायित्व र जिम्मेवारी के के हुन्, ती विषय निक्र्योल गरी सहमति ग–यौं । हामीले यस कार्यका लागि ‘माइन्युट’ गरिसक्यौँ, अब हाम्रो काम सुरु हुन्छ ।’

दुवै पक्षले हस्ताक्षर गरेको सो सहमतिमा विस्तृत सम्भाव्यता अध्ययनका क्रममा चिनियाँ पक्षले गर्नुपर्ने काम उल्लेख गर्नुका साथै नेपाली पक्षले गर्नुपर्ने सुरक्षाको व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)का बारेमा उल्लेख गरिएको सचिव कार्कीले बताए ।

काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग सम्भव

चीन सरकारकै सहयोगमा निर्माण गर्ने भनिएको प्रस्तावित काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) कार्य सम्पन्न भएको छ । चीन सरकारले नै सो रेलमार्गको सम्भाव्यता अध्ययन गरेको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन ९फिजिबिलिटी स्टडी० कार्य सम्पन्न भएको बताउँदै मंगलबारको बैठकमा चिनियाँ पक्षले सो अध्ययन प्रतिवेदन नेपाललाई बुझाएको जानकारी दिए । अध्ययन प्रतिवेदनले सो रेलमार्ग निर्माण सम्भव रहेको देखाएको बताउँदै उनले प्रतिवेदन अध्ययन गरी सोसम्बन्धी प्रतिवेदन तयार गरेर नेपालले चीनलाई बुझाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स