पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाइरहेका छन् । कीराको संक्रमणले धानबाली सखाप भएपछि खतमै आगो लगाउन किसान बाध्य भएका हुन् । यो समाचार आजको कारोबार दैनिकमा मनिष चम्लागाईँले लेखेका छन् ।
फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापाका २ सय २५ बिघामा उत्पादन भएको धान खेतमा नै आगो लगाउनु परेको कृषि ज्ञान केन्द्र थापाले जनाएको छ ।
धान पसाउने बेलामा फैजी कीराको संक्रमण झेलेका किसान धान पाक्ने बेलामा फड्के कीको संक्रमण झेलिरहेका छन् ।
मेचीनगर नगरपालिका –९ का कमलमणि पौडेलले फड्के कीरालले धानको जरा काटेपछि १० कठ्ठामा आगो लगाइसकेको बताए ।
भुसुनाजस्तो देखिने किराले एकैरातमा पाकेको धानको दाना भुस बनाउने गरेको उनी बताउँछन् । दुई चारदिनमै खेतको धान कीराले सखाप बनाएपछि किसानको लगानी नै खेर गएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय