पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ। अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सोमबार पूर्वी पहाडी र हिमाली भेगमा हल्का हिमपात शुरू भएको र आज मंगलबारदेखि मध्यभेग, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा पनि त्यस्तो प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम बदलिने, हवाई भिजिबिलिटी घट्ने, चिसो बढ्ने र अधिकतम तापक्रम घट्ने क्रम अझै केही दिन जारी रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।
आइतबार साँझदेखि भित्रिएको मौसमी प्रभावले उच्च भेगमा हल्का हिमपात शुरू भएको बताउँदै उनले भने– ‘मंगलबार मौसममा आंशिक सुधार भए पनि साँझदेखि फेरि अर्को मौसमी प्रभाव भित्रिँदै छ, चिसो बढ्ने र हुस्सु लाग्ने दिन शुरू हुँदै छन्।’
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय