November 26, 2019

श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि, करोडौँ बचत

सरकारले पुनः श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि सुरु गरेको ६ महिनाको अवधिमा ६८ हजार युवाले सेवा उपभोग गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

काठमाडौँ केन्द्रित श्रम स्वीकृतिलाई घरपायक विस्तार गर्दा हालसम्म श्रम स्वीकृति लिएका युवाको शुल्क र अतिरिक्त लगायतसहित ६० करोड रुपैयाँभन्दा बढी बचत भएको देखिन्छ ।

काठमाडौँ आउँदा प्रतियुवा अतिरिक्त खर्च १० हजारले हिसाब गर्दा सो रकम बचत भएको अनुमान छ । वैदेशिक रोजगारीबाट बिदामा आएर पुनःप्रदेश गर्ने युवाले श्रम स्वीकृतिका लागि हजारौं खर्च गर्ने बाध्यता अन्त्य गर्न काठमाडौँ बाहिरबाट समेत पुनः श्रमस्वीकृतिको लागि तोकिएका ५ वटा कार्यालयहरुको सो संख्यामा युवाले सेवा लिएका हुन् ।

यो सुविधा विस्तारसँगै प्रतिश्रमिक काठमाडौँ आउँदा हुने अनुमानित १० हजार रुपैयाँका दरले हिसाब गर्दा सो लगानी बचत भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स