November 24, 2019

आजको सम्पादकीय : दूतावास नेपालमा भिसा लिन नयाँदिल्ली पठाउने अनुचित व्यवहार

आज प्रकाशित मुख्य राष्ट्रिय दैनिक पत्रिकाले स्वास्थ्यमा असमान पहुँच, नेपालमा दूतावास राख्ने तर भिसाका लागि नयाँदिल्ली पठाउने, सीमा विवाद सुल्झाउन प्रभावकारी पहल गर्नुपर्ने र  देशको आर्थिक अवस्थामा देखिएका समस्यालगायतका विषयमा सम्पादकीय लेखेका छन् । 

प्रवेशाज्ञा(भिसा) दिल्लीबाट दिने परिपाटी बनाएका केही मित्रराष्ट्रहरुप्रति बेलाबेलामा प्रश्न उठ्ने गरेको विषयलाई उजागर गर्दै आज अन्नपूर्ण पोस्ट्ले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –निश्चय पनि, आआफ्नो देशमा प्रवेशाज्ञा पाउने आफ्नै नियम, काइदा र प्रक्रिया हुन्छन्, त्यसको सम्मान गर्नुपर्छ । तर, दूवतावास यही राखेर भिसाका लागि नयाँदिल्ली पठाउने व्यवहार एउटा सार्वभौम मुलुकप्रति गरिने सम्मानजनक र उचित व्यवहार होइन । यो अवस्था उत्पन्न हुनुमा हाम्रा नेता र कूटनीतिक निकाय उत्तिकै जिम्मेवार छन् ।

आज नयाँ पत्रिका दैनिकले कैलालीबाट शिक्षक बन्न डोल्पाको सेफोक्सुन्डो पुगेकी यशोधा वलीले आफ्नो हात भाचिँदा उपचारका लागि हेलिकोप्टर व्यवस्था गरेर उपचारका लागि पोखरा पुगेको विषयलाई  सम्पादकीय बनाएको छ । सिंगो सुदूर पश्चिमको स्वास्थ्य अवस्था र वलीको स्वास्थ्यमा पहुँचबीचमा तुलना गर्दै ‘हात भाचिँदा हेलिकोप्टर चार्टर’ शीर्षकमा देखिएको सम्पादकीयमा भनिएको छ –राज्यले हरेक गाउँ र नगरपालिकामा सुविधासम्पन्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राख्न ढिलो भइसकेको छ ।

नेपालको आर्थिक विकासको पहिलो सम्भावना रहेको क्षेत्र जलस्रोतको विकासमा विविधिकरणको सम्भावना बढेको उल्लेख गर्दै गोखरापत्रले ‘ऊर्जाको अन्तर्राष्ट्रिय सम्भावना’ शीर्षकमा आजको सम्पादकीय लेखेको छ । सम्पादकीयमा विद्युत्को अन्तर्राष्ट्रिय बजारीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

सरकारले पछिल्लो समय प्रचलनमा रहेको मोटरसाइकलमार्फत यात्रु ओसार्ने सेवालाई कानुन बनाएर सहजीकरण गनुपर्ने सुझाव दिँदै आजको कान्तिपुर दैनिकले ‘सेयर राइडिङ’ रोक्ने होइन, व्यवस्थित बनाउने हो’ शीर्षकमा सम्पादकीय लेखेको छ । सरकारीशैली यस्तो सेवालाई व्यवस्थित गर्नेभन्दा निरुत्साहित पार्ने किसिमको देखिएको उल्लेख गर्दै सम्पादकीयमा राज्य सञ्चालक तथा नीति–निर्माताहरुको काम नवप्रवर्तन र प्रविधिलाई जोड दिनुपर्छ भनिएको छ ।

काठमाडौँ उपत्यकामा जाडोको समयमा धुँवा र धुलोले प्रदूषण बढ्दै गएको र त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पारेको विषयमा नागरिक दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –विज्ञहरुलले पनि राजधानीको वायु प्रदूषणको अवस्थाले मानव स्वास्थ्यलाई असर पारेको त्यसमा पनि विशेषगरी, मिहला बालबालिकाका र बाहिर काम गर्ने कामदार यसबाट बढी प्रभावित भएको बताएका छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले प्रदूषणका कारण काठमाडौँ उपत्यकामा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ ।

भारतले एकपक्षीय रुपमा नेपालको कालापानीलगायतका भू–भागलाई समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछिको उत्पन्न अवस्थाबारे आजको नेपाल समाचारपत्रले सम्पादकीय लेखेको छ । भारतले आफ्नो नक्सा ठिक भएको दावी गरेको र नेपालले पठाएको कूटनीतिक नोटबारे जवाफ नदिएको उल्लेख गर्दै नेपालले प्रभावकारी पहल जरुरी चाल्नुपर्नेमा जोड दिएको छ ।

आज प्रकाशित कारोबार दैनिकले निर्माण व्यवसायी र जनताबीच देखिएको द्वन्द्वको विषयमा सम्पादकीय लेखेको छ । ‘निर्माण व्यवसायीमात्र दोषी हेनन !’ शीर्षकमा लेखिएको सम्पमादकीयमा भनिएको छ –निर्माण व्यवसायीको विरोधमा जनता सडकमा ओर्लनु र अर्कातर्फ सरकारको विरोधमा व्यवसायी पनि सडकमै ओर्लिएको अवस्थामा सरकार भने रमिते बनेर बस्न मिल्दैन ।

त्यसैगरी आर्थिक अभियानले नेपालमा भित्रिने विप्रेषण आप्रवाह लगातार दोस्रो महिना घटेको र सरकारले अर्थतन्त्र सुध्रिएको भन्ने दावी गर्न सक्ने आधार नभएको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –आयात घट्नुमा सरकारले ठूलै उपलब्धि प्राप्त गरेको भनी चर्चा गरिएको पाइन्छ । वास्तविकता भने विप्रेषण आप्रवाहमा कमी आई जनताको उपभोग घट्नु हो । मूल्य वृद्धिको दर पनि बढी भएकाले नेपालीको क्रयशक्तिमा कमी आएको यसले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण