November 21, 2019

यी हुन् विश्वकै महँगा पाँच रक्सी

रक्सी पिउनु स्वास्थ्यका लागि हानिकार मानिन्छ । यसका बाबजुद विश्वका प्रशस्त मानिस रक्सी पिउने गर्छन् प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउँछन् । रक्सीको मूल्य पिउने मानिसको हैसियतअनुसार पनि निर्धारण हुन्छ । ठूला–ठूला दिग्गज आफ्नो पाहुनालाई महँगो रक्सीले स्वागत गर्छन् ताकि उनीहरुको रवाफ बढोस् । विश्वमा धेरै महँगा रक्सी पनि हुन्छन् । यो खबर आजको कारोबार दैनिकले एजेन्सीको सहयोगमा बनाएर प्रकाशित गरेको छ ।

१. टकिला ले ९२५ः

जुन बोतलमा यसलाई राखिन्छ, त्यसमा ६४०० हिरा जडित हुन्छ । यसको लन्च सबैभन्दा पहिले मेक्सिकोले गरेको थियो । तर, यो रक्सी हालसम्म कसैले पनि किनेका छैनन् । त्यसैले यसको खास मूल्य निर्धारण गर्न नै कठिनाइ परेको छ ।

 २. अममांड डी ब्रिगनेक मिडासाः

यसलाई विश्वकै सर्वाधिक महँगो स्याम्पियनमध्ये एक मानिएको छ । यसको बोतलको ठूलो आकार उच्च मूल्यको ठूलो कारण मानिएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँभन्दा पनि बढी छ ।

३. डिभा भोड्काः

यसको स्वाद नङ–पालिसको जस्तो आउँछ । यसको बोतलभित्र स्वरोस्कीको क्रिस्टल राखिएको हुन्छ । यी क्रिस्टलहरुलाई पेयमा मिलाएर पनि पिउन सकिन्छ ।

४. डेमलर ६२ः

यसलाई विश्वकै महँगो ह्विस्की मानिएको छ । यो यति महँगो छ कि हालसम्म यसको केवल १२ बोतल मात्रै बनाइएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँ भन्दा पनि बढी भएको बताइएको छ ।

५. पेनफोल्ड्स एम्पुलः

यो सबैभन्दा महँगो रेड वाइन हो । कलमको आकार जस्तो देखिने बोतलमा राखिएको यो रक्सीको मूल्य १ करोड ७७ लाख रुपैयाँ पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण