November 21, 2019

यी हुन् विश्वकै महँगा पाँच रक्सी

रक्सी पिउनु स्वास्थ्यका लागि हानिकार मानिन्छ । यसका बाबजुद विश्वका प्रशस्त मानिस रक्सी पिउने गर्छन् प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउँछन् । रक्सीको मूल्य पिउने मानिसको हैसियतअनुसार पनि निर्धारण हुन्छ । ठूला–ठूला दिग्गज आफ्नो पाहुनालाई महँगो रक्सीले स्वागत गर्छन् ताकि उनीहरुको रवाफ बढोस् । विश्वमा धेरै महँगा रक्सी पनि हुन्छन् । यो खबर आजको कारोबार दैनिकले एजेन्सीको सहयोगमा बनाएर प्रकाशित गरेको छ ।

१. टकिला ले ९२५ः

जुन बोतलमा यसलाई राखिन्छ, त्यसमा ६४०० हिरा जडित हुन्छ । यसको लन्च सबैभन्दा पहिले मेक्सिकोले गरेको थियो । तर, यो रक्सी हालसम्म कसैले पनि किनेका छैनन् । त्यसैले यसको खास मूल्य निर्धारण गर्न नै कठिनाइ परेको छ ।

 २. अममांड डी ब्रिगनेक मिडासाः

यसलाई विश्वकै सर्वाधिक महँगो स्याम्पियनमध्ये एक मानिएको छ । यसको बोतलको ठूलो आकार उच्च मूल्यको ठूलो कारण मानिएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँभन्दा पनि बढी छ ।

३. डिभा भोड्काः

यसको स्वाद नङ–पालिसको जस्तो आउँछ । यसको बोतलभित्र स्वरोस्कीको क्रिस्टल राखिएको हुन्छ । यी क्रिस्टलहरुलाई पेयमा मिलाएर पनि पिउन सकिन्छ ।

४. डेमलर ६२ः

यसलाई विश्वकै महँगो ह्विस्की मानिएको छ । यो यति महँगो छ कि हालसम्म यसको केवल १२ बोतल मात्रै बनाइएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँ भन्दा पनि बढी भएको बताइएको छ ।

५. पेनफोल्ड्स एम्पुलः

यो सबैभन्दा महँगो रेड वाइन हो । कलमको आकार जस्तो देखिने बोतलमा राखिएको यो रक्सीको मूल्य १ करोड ७७ लाख रुपैयाँ पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय