November 20, 2019

विदेशमा हासिल विज्ञता स्वदेशमा उच्च आकर्षण

विदेशमा रहेका नेपाली विज्ञको सीप, ज्ञान र दक्षता स्वदेशको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन’ सेन्टरमा त्यस्ता नेपाली जोडिने क्रम बढेको छ । गएको वैशाखमा औपचारिक रूपमा स्थापना भएको ब्रेन गेन सेन्टरमा विदेशमा अनुभव सँगालेका नेपालीलाई सूचीकृत हुन आह्वान गरिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

परराष्ट्र मन्त्रालयको आह्वानअनुसार विदेशमा अनुभव सँगालेका नेपाली सेन्टरमा उत्साहजनक रूपमा जोडिन आइपुगेका छन् । अझै आउने क्रम जारी छ तर दर्ता भएका विज्ञलाई राष्ट्रिय विकासको योजनासँगै जोडेर लैजान नसक्दा अन्योल बढेको छ । मन्त्रालयका अनुसार ठोस कार्यविधिको अभावमा कुन निकायसँग कसरी समेटिएर जाने भन्ने अन्योल बढेको हो ।

विदेशी भूमिमा आर्जित सीप, ज्ञान, दक्षतासँगै नेपालमा काम गर्ने अमिट चाहना बोकेका नेपालीले ब्रेन गेन सेन्टरमा आफूलाई दर्ता गराएका छन् । हालसम्म ६४६ जनाले नेपालमा केही गर्न चाहेको अपेक्षासहित अनुभवको फेहरिस्त निवेदनमा प्रस्तुत गरेका छन् ।

नेपालको कृषि, विकासका योजना, स्वास्थ्य, सरसफाइ, अटोमोबाइल, शान्ति सुव्यवस्था, नीति निर्माण, हाइड्रोपावर, सूचना प्रविधिको विकास, अनुसन्धान र अन्वेषण गर्नसक्ने क्षमता दर्ता भएकाले प्रस्तुत गरेका छन् । पछिल्लो ५० जनाको सूची हेर्दा मात्र पनि आधुनिक नेपाललाई समृद्ध बनाउने गुणस्तरीय सीप र योग्यताको पूर्ति ब्रेन गेन सेन्टरबाट हुन सकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय