November 20, 2019

विदेशको विज्ञता स्वदेशमा उच्च आकर्षण, कार्यविधि नहुँदा समेट्न अन्योल

विदेशमा रहेका नेपाली विज्ञको सीप, ज्ञान र दक्षता स्वदेशको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन’ सेन्टरमा त्यस्ता नेपाली जोडिने क्रम बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

गएको वैशाखमा औपचारिक रूपमा स्थापना भएको ब्रेन गेन सेन्टरमा विदेशमा अनुभव सँगालेका नेपालीलाई सूचीकृत हुन आह्वान गरिएको थियो ।

परराष्ट्र मन्त्रालयको आह्वानअनुसार विदेशमा अनुभव सँगालेका नेपाली सेन्टरमा उत्साहजनक रूपमा जोडिन आइपुगेका छन् । अझै आउने क्रम जारी छ तर दर्ता भएका विज्ञलाई राष्ट्रिय विकासको योजनासँगै जोडेर लैजान नसक्दा अन्योल बढेको छ । मन्त्रालयका अनुसार ठोस कार्यविधिको अभावमा कुन निकायसँग कसरी समेटिएर जाने भन्ने अन्योल बढेको हो ।

‘अलिकति प्रचारप्रसार र यसको प्रभावकारिताकै जानकारी नपुगेको हो कि भन्ने महसुस हामीलाई पनि भएको छ,’ नीति, योजना, विकास, कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाका प्रमुख कुमारराज खरेलले भने, ‘दर्ता भएपछि विज्ञहरूले काम गर्न चाहिरहेका छन् तर मेसो मिलेको छैन ।’

उनका अनुसार दुईवटा परियोजनामा दूतावासमार्फत् ब्रेन गेन सेन्टरमा जोडिएकाले काम थालिसकेका छन् तर सबैलाई दूतावासमार्फत योजनामा जोड्न सकिने अवस्था छैन । कसरी, कुन निकायमा विज्ञ पठाउने भन्ने योजना बन्न भने बाँकी रहेको उनले प्रस्ट्याए ।

राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग जोडिएका विकासका योजनासँगै निजी क्षेत्रसँग सहकार्य गरेर सेन्टरमा आएका विज्ञको सीप र विवेक प्रयोग गर्ने विषयमा थप योजना बनाउन पहल भइरहेको उनले औँल्याए तर त्यसैमा केन्द्रित भएर मन्त्रालयले काम गर्न भने सकिरहेको छैन ।

परराष्ट्र मन्त्रालयले अन्य मन्त्रालयसँगको संयोजन, परियोजनाको सूची संकलन गर्ने, विज्ञ प्रयोग गर्न सम्बन्धित क्षेत्रलाई प्रोत्साहित गर्ने लगायतका विषयमा गृहकार्य गर्न बाँकी रहेको छ । सरकारले स्थापना गरेको ‘थिंक ट्यांक’सँग जोडेर अगाडि बढाउने भन्ने योजनाले पनि त्यो ‘थिंक ट्यांक’ नै अलपत्र परेपछि थप अन्योल बढेको मन्त्रालयका अन्य अधिकारीहरू सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय