November 16, 2019

प्रेस रिभ्यू : आलमआतंकका कारण न्यायाधीश र सरकारी वकिलले जिल्ला छाड्दै सरुवा मागे, बालयौन दुराचारीको बिगबिगी

आज कात्तिक ३० गते शनिबार प्रकाशित विभिन्न राष्ट्रिय दैनिकहरुले मोहम्मद आफताब आलम जेल गएको, नेपाल–भारत सीमा विवाद, बालयौन दुराचारका विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन् । 

Image result for aftab alam nepal

नयाँ पत्रिका र अन्नपूर्ण पोस्ट्ले आलम जेल चलाउनको विषयलाई मुख्य समाचार बनाएर पहिलो पृष्ठमा प्रकाशित गरेको छ भने कान्तिपुर दैनिकले ‘बालयौन दुराचारीको दृष्टि नेपालतिर’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । त्यसैगरी नागरिक दैनिकले प्यारातालमा कब्जा गर्न भारतीय पक्षले सीमास्तम्भ गायब गरेको विषयलाई प्राथमिकता दिएको छ ।

नयाँ पत्रिकाले मोहम्मद आफ्ताब आलमको आतंकका कारण जेल पठाउने आदेश दिनासाथ नयायाधीश र सरकारी वकिलले जिल्ला छाडेको उल्लेख गरेको छ । आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषद्सँग सरुवा मागे थिए । त्यस्तै आदेशलगतत्तै शुक्रबार साँझ नै जिल्ला छाडेका छन् ।  

अदालतमा बहस चलिरहेका वेला गत मंगलबार दिउँसो रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार भएको थियो भने राज्य संयन्त्रलाई नै आतंकित बनाउने योजनाका साथ आलमे नै बम हान्न लगाएको प्रारम्भिक विश्लेषण गरिएको छ । सोही कारण आलमलाई रौतहतमा राख्न जोखिम भएकाले नख्खु कारागारमा राखिएको छ । 
त्यस्तै आलम जेल चलान भएपछि जिउँदै भट्टमा जलाइएका पिन्टुका बुबा श्रीनारायणसिंह राजपुतले भनेका छन्, ‘बल्ल न्यायको अनुभूति भयो, अब छोराको काजकिरिया गर्छु ।’

को हुन् आलम ? 

अन्नपूर्ण पोस्टले निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमको राजनीतिक यात्रा र राजपुर बमकाण्डको फेहरिस्त उतारेर समाचार प्रकाशित गरेको छ । राजपुर परदवाका ५७ वर्षीय आलम काका सेख इन्द्रिसको प्रभावबाट राजनीतिमा लाखेको हनु् । उनले रौतहतको क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट चारपटक सांसद पदमा विजय भएका थिए । विद्यार्थी जीवनमा राजनीतिमा लागेका उनी २०५४ सालमा भौतिक योजना तथा निर्माण सहायकमन्त्री, २०५७ मा वनमन्त्री, २०५८ मा भूमि सुधारमन्त्री र २०६५ मा श्रम तथा यातायात मन्त्री भएका थिए । आलम नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा रौतहट जिल्लाका पूर्वसभापति हुन् ।  

ताल कब्जा गर्न सीमास्तम्भ गायब

नागरिक दैनिकले कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटमा १९५ नम्बरको सीमास्तम्भ ढलेको र १९६ नंको सीमास्तम्भ वर्षौदेखि भारतीय पक्षले गायब पारेको उल्लेख गर्दै ‘प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ ।

दुधुवा नेसनल पार्कनजिकै रहेको नेपाली भूमिमा पर्ने प्याराताल कब्जामा लिने नियतले भारतीयले सो क्षेत्रमा रहेका सीमास्तम्भमा खेलबाड गरेको स्थानीय बताउँछन् । 
दुई लाख ५० हजार वर्गमिटर क्षेत्रफल रहेको प्याराताललगायत वरपरको करिब २०० विघा जमिन अतिक्रमण गर्न ‘भारतीयहरुले १९५ नम्बरको पिलर ढालेको र १९६ नम्बर पिलर गायब पारेको’ वडाअध्यक्ष नारायणप्रसाद जैसीले बताए । 

बालयौन दुराचारीको बिगबिगी

कान्तिपुर दैनिकले पश्चिम मुलुकका बालयौन दुराचारीहरुले नेपालमा जथाभावी खोलेका बालगृह, कमजोर कानुन र न्यायिक प्रणालीको फाइदा उठाउने गरेको उल्लेख गर्दै ‘बालयौन दुराचारीको दृष्टि नेपालतिर’ शीर्षकको मुख्य समाचार प्रकाशित गरेको छ । पछिल्ला दिनमा दुई–तीन वर्षभित्र पक्राउ परेकाहरुको माथिको अनुसन्धानले नेपालीमा पश्चिमा देशका बालयौन दुराचारीहरुको बिगबिगी रहेको देखाएको हो । 

प्रहरीका अनुसार २०७५ मा मात्रै ६ विदेशी र एक नेपाली गरेर सात जनता यही आरोपमा पक्राउ परेका छन् । जसमा फ्रान्सका तीन, नेदरल्यान्ड्स, भारत, अमेरिका र नेपालका एक–एक रहेका थिए । त्यसैगरी २०७५/७६ सम्म दुई वर्षमा नेपालमा १२ विदेशी र उनीहरुका दुई सहयोगी बालयौन दुराचारीको अभियोगमा पक्राउ परेका थिए । उनीहरुबाट ३३ जना बालबालिका पीडित भएको देखिन्छ । 

त्यसैगरी कान्तिपुरले ‘अब नेपाली सेना पनि सीमा अनुगमनमा’ शीर्षकको समाचारलाई पनि प्राथमिकता दिएर पहिलो पृष्ठमा प्रकाशित  गरेको छ । समाचारमा नेपाली सेनाले छुट्टै इकाइ खडा गरेर सीमा अनुगमन गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स