क्लीन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

सो ऐन राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरु खुसी भएका छन् भने नेपालको विज्ञापन बजारमा नयाँ तरङ्ग छाएको छ ।
विगत धेरै वर्षदेखि नेपाली मिडिया र विज्ञापन उद्योगहरुले नेपाल सरकारसँग क्लीन फिड नीति लागू गर्न माग गर्दै आएका थिए ।
यो ऐन कार्यान्वयनमा आएसँगै पैसा तिरेर अन्य मुलुकको विज्ञापन हेर्नुपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य भएकाले नेपाल विज्ञापन संघ पनि खुसी भएको छ ।
नेपालमा टिभी विज्ञापनमध्ये ७० प्रतिशत विज्ञपान भारतका बहुराष्ट्रिय कम्पनी सिर्जित छ । स्वीकृति प्राप्त भण्डै डेढ सय विदेशी च्यानलमध्ये १ सयभन्दा बढी पे च्यानल छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय