कुनै पनि विदेशी व्यक्ति, समूह वा सङ्घसंस्थाले नेपाल राज्यविरुद्ध तथा राष्ट्रिय सुरक्षाबारे जासुसी गरेर गराएको निगरानी राखिने भएको छ । प्रधानमन्त्री कार्यालय मातहतमा रहने राष्ट्रिय अनुसन्धान विभागमा यससम्बन्धी प्रतिगुप्तचरी एकाइ नै रहने गरी सरकारले विशेष व्यवस्था गर्न लागेको हो । नेपाल विशेष सेवा गठनसम्बन्धी नयाँ विधेयक सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।

प्रतिगुप्तचरी कार्यका रूपमा सरकारले यस्ता गतिविधिको निगरानीमा राख्ने प्रस्तावित विधेयक संसद्मा प्रस्तुत गरेको हो । सरकारले प्रतिगुप्तचरीसम्बन्धी कामकारबाही गर्दा आवश्यकताअनुसार रक्षात्मक, प्रतिरक्षात्मक र प्रतिकारात्मक कार्य सञ्चालन गर्ने छ ।
सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको विधेयकमा भनिएको छ, “विभागले कुनै सङ्घसंस्था, समूह वा व्यक्तिले नेपाल राज्यविरुद्ध वा राष्ट्रिय सुरक्षा, सरोकार वा चासोसँग सम्बन्धित विषयमा जासुसी गतिविधि गरे गराएको वा गराउने सम्भावना रहेको विषयमा सूचना सङ्कलन गर्न वा गराउन सक्ने छ । प्रतिगुप्तचरीसम्बन्धी कार्य गर्नका लागि विभाग मातहत एक विशिष्टीकृत कार्यालय रहने छ । ”
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय