प्लास्टिकबाट विश्वव्यापी वातावरणीय प्रदूषणका लागि कोकाकोला ब्रान्ड मुख्य जिम्मेवार रहेको पाइएको छ । छ महादेशका ५१ देश समेटेर ब्रेक फ्री फ्रम प्लास्टिकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा धेरै प्लास्टिक फोहोर उत्पादन गर्ने प्रतिष्ठानमा कोकाकोला परेको हो ।

उसको अध्ययनमा गत वर्ष पनि कोकाकोला नै पहिलो स्थानमा थियो । ब्रेक फ्रिले अध्ययनमा भनेको छ, वातावरण संरक्षण क्षेत्रमा सक्रिय अन्तर्रा्ष्ट्रिय संस्था नेसनल जिओग्राफिकका अनुसार विश्वभर प्रतिमिनेट १० लाख टन प्लास्टिक उत्पादन हुन्छ ।
पुनः प्रयोग गर्न मिल्ने भए पनि उत्पादितमध्ये ९ प्रतिशत मात्रै पुनः उत्पादनमा जाने गरेको छ । बाँकी १२ प्रतिशत जलाएर नष्ट गरिन्छ । यसले वायु प्रदूषणलाई बढावा दिन्छ । बाँकी ७९ प्रतिशत प्लास्टिक डम्पिङसाइट या अन्य क्षेत्रमै रहेको हुन्छ ।
पोलिथिन टेरिफ्थालेटबाट बन्ने प्लास्टिकका बोतल प्राकृतिक रूपमै नष्ट हुन चार सय वर्ष लाग्छ । एक अध्ययन प्रक्षेपणअनुसार सन् २०५० सम्ममा १२ अर्ब मेट्रिक टन प्लास्टिक फोहोर विश्वमा थपिँदै छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय