अधिक खर्च र अव्यवस्थाका कारण प्रायः आलोचित बनिरहने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खर्च कटौतीसहित वचतको रणनीति अगाडि सारेको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै खर्च कटौतीका क्षेत्र पहिचान गरी सुधारको प्रयास बढाइएको जानकारी दिए ।
निगमले तत्काल इन्धन, अधिक उडान खर्च, होटल व्यवस्थापन, इन्जिनियरिङ र कर्पोरेट सुरक्षा विभागजस्ता क्षेत्रमा खर्च बचत गर्नेगरी योजना बनाइसकेको उनले बताए ।
निगमले इन्धन भण्डारण र अनावश्यक प्रयोगमा मात्रै करिब एक अर्ब रुपियाँ अहिलेको खर्चमा कम गर्न सकिने लक्ष्य राखेको छ । त्यस्तै अधिक उडान खर्च शीर्षकमा दुई करोड, त्यस्तै उडान कर्मचारीलाई राखिने होटल व्यवस्थापनको खर्चमा करिब दुई करोड, इन्जिनियरिङतर्फ करिब ११ करोड र कर्पोरेट सुरक्षातर्फ वार्षिक करिब ५६ लाख रुपियाँ खर्च कम गर्ने लक्ष्य निगमले निर्धारण गरेको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय