November 6, 2019

अपहरणकारीमाथि गोली प्रहार : बनेपाबाट अपहरित बालक वीरगञ्जबाट उद्धार

कात्तिक २०,

पर्सा । अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ ।

पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएस्पी गौतम थापाका अनुसार बनेपादेखि अपहरण गरेर ल्याएको बालकलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो । ती १४ वर्षीय बालक दश दिनअघि अपहरणमा परेको बताइएको छ ।

प्रहरीको गोलीबाट अपहरणकारी घाइते भएका छन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अपहरणकारीको दाहिने खुट्टामा गोली लागेको छ ।

थापाले यस विषयमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय