भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्नसक्ने गरी रेलमार्ग निर्माण भए पनि तत्काल कार्गो रेलबाट सेवा लिन नसकिने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शशिधर पराजुलीले लेखेका छन् ।

निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी)सँगै बनेको नेपाल कस्टम यार्ड प्राविधिक रूपमा कार्गो रेलबाट सेवा लिन उपयुक्त नभएका कारण रेलबाट नेपालसम्मै सामान ढुवानी गर्ने योजना केही पछि सर्ने भएको छ ।
भारतको बन्दरगाहमा लोड भएको सामान जोगवनी हुँदै नेपालसम्मै ढुवानी गर्ने उद्देश्यले जोगवनी कटहरी रेल्वे लाइन विस्तार गरिएको थियो तर नेपालतर्फ निर्माण गरिएको यार्ड अत्यन्त साँघुरो भएका कारण कार्गो रेलबाट सेवा लिन सक्ने अवस्था नरहेको उद्योगी अविनाश बोहरा बताउँछन् ।
अहिले बनेको यार्डमा थोरै सङ्ख्यामा मात्र कन्टेनर राख्न सकिने अवस्था छ । कार्गो रेलले एकैपटक सयौँको सङ्ख्यामा कन्टेनर ढुवानी गरेर ल्याउँछ ।
‘यार्ड साँघुरो हुँदा सबै कन्टेनर राख्न सक्ने अवस्था नरहेसम्म कार्गोबाट सेवा लिन सकिँदैन,’ मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष अविनाश बोहराले भन्नुभयो ‘कार्गो रेलबाट सेवा लिनका लागि यार्ड विस्तार गर्नु अनिवार्य छ ।’
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय