नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन आकर्षण गर्न सरकारले विविध योजना बनाइरहेको छ । नेपालको प्राकृतिक सुन्दरता, हिमाल, ताल तलैया, वन र वन्यजन्तुलाई केन्द्रमा राखेर सरकारका योजना अघि बढेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा भने दुर्लभ एकसिङे गैँडा आफैँ पर्यटकलाई आकर्षित गर्दैछन् । चितवन राष्ट्रिय निकुञ्ज छोएर बग्ने राप्ती नदी किनारमा रहेको सौराहामा पर्यटक आउने सिजनसँगै जङ्गलबाट पर्यटक नगर विचरण गर्ने दुर्लभ गैँडाको सङ्ख्या पनि बढ्दै गएको छ । बिहीबार बिहान जर्मनी, अमेरिका, बेलायत, भारतलगायत देशबाट सौराहा घुम्न आएका पर्यटकले जङ्गल नै नपसी नगरमै दुर्लभ गैँडा अवलोकन गर्न पाए ।
जङ्गल सफारीमा जाने तरखर चल्दै गर्दा ठूलो भाले गैँडा एकाबिहानै नगर पसेपछि पर्यटकले सफारी जाने जिप छाडे । होटलका पर्खाल र सुरक्षित स्थानबाट खेतमा पसेको गैँडा हेरे । फोटोमा दुर्लभ एकसिङे गैँडालाई कैद गरे । कतिले सेल्फी पनि खिच्न भ्याए । धान काटिसकेको बाँझो खेतका छेउछाउ र होटलका तारबारबाट लर्किरहेका हरिया लहरा, रूखका डालीलाई आहरा बनाउँदै गैँडा अगाडि बढ्यो । “यता फर्क यता फर्क”, जर्मन नागरिकले आफ्नै भाषामा भन्दै थिए, “धेरै यता नआऊ है, फेरि मलाई सिङले घोप्लाऊ नि । ”
विदेशी पर्यटक बोलाउँदै गैँडा अवलोकन गराउन तल्लीन पर्यटन व्यवसायी शिरलाल परियारले पर्यटकले बोलेका कुरा उल्था गरेर सुनाउनुभयो । गैँडा नगर पसेपछि पर्यटकलाई निकै सहज भएको उनी बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनसँगै सौराहाको पर्यटन प्रवद्र्धनमा गैँडाले सघाइरहेको परियारको भनाइ छ ।
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा