November 2, 2019

अन्तर्राष्ट्रिय व्यापारमा सुधार

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा लगातारको सुधार देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यातको आकार बढ्दो छ । आयात तुलनात्मक रूपमा घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ । यसको समग्र प्रभाव व्यापार घाटा पहिलेको तुलनामा खुम्चिएको देखिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

विभागका अनुसार असोजसम्मको कुल अन्तर्रा्ष्ट्रिय व्यापार तीन खर्ब ६२ अर्ब ११ करोड रुपियाँ पुगेको छ । समग्र व्यापार नै अघिल्लो आर्थिक वर्षको असोजसम्मको तुलनामा आठ दशमलव ८६ प्रतिशतले घटेको विभागको तथ्याङ्क छ । 

अघिल्लो वर्ष २३ अर्ब ७४ करोड रुपियाँको निर्यात भएकोमा समीक्षा अवधिमा १४.४१ प्रतिशतले बढेर २७ अर्ब १६ करोड रुपियाँ पुगेको छ । यसबीचमा पाम तेल, गलैँचा, चियाजस्ता वस्तु प्रमुख रूपमा निर्यात भएका छन् । निर्यातको आकार बढ्दा समग्र अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको हिस्सा छ प्रतिशतबाट बढेर सात दशमलव पाँच प्रतिशत पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स