गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरुले उक्त भेटवार्ता ‘इन्फर्मल’ र ‘साइडलाइन’ भन्दै भेटघाटलाई सञ्चार माध्यममा खुलाउनै चाहेका थिएनन् ।
‘भेटघाटका तस्बिर पनि खिच्ने अवसर मिलेन, सबै साइडलाइनमा उभिएकै अवस्थामा भएका भेटघाट थिए,’ प्रतिनिधिमण्डलका एक वरिष्ठ सदस्यले बाकुबाट जानकारी गराएका थिए । राष्ट्रपति मदुरोको ट्वीटबाट आएको भिडियोले भने पराराष्ट्र मन्त्रालयले खुलाउन नचाहेको तथ्य सार्वजनिक गरेको छ ।
भिडियोमा उक्त द्विवसीय भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सचिव शंकरदास वैरागी, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल र न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृत राई सहभागी भएको देखिन्छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय