काठमाडौं, ११ कात्तिक । इस्लामिक जिहादी समूह आईएसआईएसका प्रवक्ता समेत मारिएका छन् । जिहादी समूहका प्रमुख अबु बकर अल बग्दादी मारिएको केही घण्टापछि उक्त समूहका प्रवक्ता समेत मारिएका हुन् ।आईएआईएसका प्रवक्ता अबु हसन अल मुहाजिर उत्तरी सिरियामा मारिएका हुन् । मुहाजिर हवाइ आक्रमणमा मारिएको कुर्द लडाकुका एक वरिष्ट अधिकारले जनाएका हुन् ।
यसअघि कुर्द लडाकुका कमाण्डर मजलुम अब्दीले आईएसका प्रवक्तालाई लक्षित गरी हवाइ आक्रमण भएको बताएका थिए । कुर्दले उपलब्ध गराएको सूचनाका आधारमा अमेरिकी सेनाले मुहाजिर रहेको उत्तरी सिरियाको एइन अल बेदाहमा हवाइ हमला गरेको थियो ।हमलामा मुहाजिरसहित ५ जना इस्लामिक लडाकु समेत मारिएका छन् । अमेरिकी सेनाले टर्की समर्थित विद्रोहीको नियन्त्रणमा रहेको उक्त गाँउमा हमला गरेको थियो । हमलामा एउटा पिकअप ट्रक र एक ठूलो ट्रकलाई लक्षित गरिएको थियो ।
शनिबार मात्रै अमेरिकी सेनाले गरेको विशेष कारबाहीमा आईएसका प्रमुख नेता बग्दादी मारिएका थिए । मुहाजिरलाई बग्दादीका दाहिने हात समेत मानिन्थ्यो ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि