आफ्नै मन्त्रालयको जिम्मेवारीलाई अधिकांश मन्त्रालयले अलपत्र पार्दै आइरहेका छन् । कार्य्विभाजन नियमावलीले हरेक मन्त्रालयको काम र जिम्मेवारी निर्धारण गरिदिएको छ । यो हरेक मन्त्रालयको मुख्य मार्ग्निर्देशक सिद्धान्त पनि हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

तर, यही जिम्मेवारीलाई मन्त्रालयहरूले अलपत्र पार्दै आइरहेका हुन् । कतिपय मन्त्री र सचिवले त आफ्नो मन्त्रालयको कार्य्विभाजन के हो भन्नेबारेमा समेत राम्ररी जानकारी नै नराख्ने गरेको समेत पाइएको छ ।
मन्त्रालयका महाशाखा तथा शाखामा कार्यरत अधिकांश कर्मचारीसमेत आफ्नो मन्त्रालयको कार्य्विभाजनबारे अनविज्ञता प्रकट गर्ने गरेका छन् ।
तत्कालीन सरकारले २०७४ साल चैतमा कार्य्विभाजन नियमावली जारी गर्दै मन्त्रालयको जिम्मेवारी निर्धारण गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो जिम्मेवारीसहितको कार्य्विभाजन सबै २१ वटै मन्त्रालयमा पठाए पनि मन्त्रालयमा ती कार्य्विभाजन नियमावली त्यसै थन्काएर राख्ने गरिएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय