October 24, 2019

किन कटौती गरियो छात्रवृत्ति ?

काठमाडौँ, ७ कार्तिक । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक मेडिकल कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधानविपरीत बुधबार ७५ प्रतिशत छात्रवृत्तिका लागि आवेदन दिन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

सूचनामा ७५ प्रतिशत छात्रवृत्ति पाउने शिक्षण संस्था तीनवटा मात्र रहेको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयको महाराजगन्ज चिकित्सा क्याम्पस, पाटन स्वाथ्य विज्ञान प्रतिष्ठान ललितपुर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा मात्र विद्यार्थीले ७५ प्रतिशत छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

ऐनमा भने सरकारी, सामुदायिक वा सार्वजनिक सम्पत्तिको प्रयोग गरी स्थापना भएका सरकारी, सार्वजनिक, गुठी वा अन्य शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय