October 23, 2019

समाजवादी पार्टी अझै अनिर्णयको बन्दी सरकारबाट हट्ने कि नहट्ने !

विधान संशोधनको माग पूरा नभएको भन्दै सरकारमा सहभागी समाजवादी पार्टी्भित्र सरकारबाट बाहिरिने पक्षमा मत बढे पनि अहिले नै हट्नु नहुने तर्क राख्ने समूह पनि उत्तिकै प्रभावमा छ।  यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । 

एक पक्ष ‘सरकारबाट हट्ने निर्णय लिनका लागि समाजवादी पार्टीले यही कात्तिक ३० र ३१ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ’ भनिरहेको छ भने अर्को पक्ष ‘बैठकको एजेन्डा तय नभएको’ दाबी गरिरहेको छ।

समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले आगामी केन्द्रीय समितिको बैठकले सरकारका बारेमा निर्णय लिने नेपाल समाचारपत्रलाई बताए । 

उनले भने– ‘संविधान संशोधन गर्ने शर्तमा सरकारमा सहभागी भएका हौं, संविधान संशोधन हुँदैन भने सरकारमा सहभागी हुनुको औचित्य छैन।’ ‘सरकारबाट हटेर संविधान संशोधनको एजेन्डा लिएर जनताका बीचमा जानुको विकल्प छैन।’ –नेता श्रेष्ठले भने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय