October 23, 2019

जंगलक्षेत्र अतिक्रमण गरी धमाधम प्लटिङ

काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लास्थित कुन्छेपकालको डाँडामुनि रहेको जंगलक्षेत्र अतिक्रमण गरी धमाधम प्लटिङ थालिएको छ । तारकेश्वर नगरपालिकाको मिलिमतोमा व्यवसायीले सार्वजनिक जग्गासमेत अतिक्रमण गरेर धमाधम प्लटिङ गरेको स्थानीय बासिन्दाको आरोप छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

व्यवसायी विनोद पण्डितले तारकेश्वर नगरपालिकाका पदाधिकारीसँग मिलेमतो गरी साङ्लामा रहेको ५० रोपनी जग्गामा प्लटिङ गर्दा ५० वटा रूख काटिएका छन् भने खेतीयोग्य जमिनसमेत नष्ट भएको छ । 

खानेपानीको मुहानमा समेत असर परेको छ । प्लटिङ गर्दा सो क्षेत्र माथि र तल रहेका दर्जनौँ  घर जोखिममा परेका छन् । प्लटिङभन्दा माथि ढकाल बस्ती र मुनि अधिकारी बस्ती रहेको छ । ती दुवै बस्तीहरुमा जुनसुकै समयमा पनि पहिरो आउने जोखिम बढेको स्थानीयको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स