October 21, 2019

पार्टी मिले, मिलेनन् सांसदः दलका पदाधिकारी पूर्ववत् कार्यालयमै

संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन लगायो। तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेखेका छन् ।

तर, रातारात तयार पारिएको कोठा एक वर्षदेखि अलपत्र छ। उनले तत्कालीन माओवादीलाई छुट्याइएको भवनबाटै काम गर्दै आएका छन्।

राष्ट्रियसभा दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईका लागि पनि कार्यकक्ष तयार पारिए। गुरुङ र शर्मा पूर्वएमालेको कार्यालयमा बस्न नमानेको संसद् सचिवालयका पदाधिकारी बताउँछन्। 

भट्टराईले भने दलको कार्यालयबाटै कार्यालय सञ्चालन गरिरहेका छन्। यसअघि भट्टराईको कार्यकक्ष तत्कालीन माओवादी संसदीय दल रहेको २ नम्बर भवनमा थियो। ‘संसद् सचिवालय परिसरमा जता बसे पनि हुन्छ’, प्रमुख सचेतक गुरुङ भन्छन्, ‘संसद् सचिवालयले दिएकै स्थानमा बसेर काम गरिरहेको छु।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय