October 19, 2019

राष्ट्रपति सीको भ्रमणपछि चीन ‘प्रसन्न’

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ । नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक साझेदारीमा भ्रमण उपयोगी रहेको चिनियाँ अधिकारीको बुझाइ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाओले आआफ्ना मातहतमा भ्रमण सफल भएको भन्दै सहमति र सम्झौता फलोअपमा दत्तचित्त हुन निर्देशन दिएको बेइजिङका अधिकारीले बताए । समकक्षीहरूसँग भ्रमण सफलताको व्याख्यासमेत उनीहरूले गरेको बेइजिङका ती उच्च अधिकारीले बताए । नेपालमा लामो समयदेखि यो स्तरको भ्रमण नभएको र अर्को छिमेक अनि मित्र राष्ट्रहरूको प्रभाव परिरहेको अवस्थालाई मध्यनजर गर्दै भएको भ्रमण फलदायी भएको समीक्षा उनीहरूले गरेका छन् । बीआरआईमा नेपालको साथ दृढ रहेको र नेपालसँगका परियोजना अगाडि बढाउनुपर्ने चिनियाँ समीक्षामा उल्लेख छ ।

विदेशमन्त्री वाङले आफ्नो मन्त्रालयमा र थोङले पार्टीमा यस्तो समीक्षा गरेका थिए । भ्रमणको समीक्षा लिखित रूपमा मन्त्रीहरू र सम्बन्धित निकायमा प्रस्तुत भएको जानकारी बेइजिङले दिएको छ । ती उच्च अधिकारीले नेपाललाई चीनले राजनीतिक प्राथमिकता दिएको बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय