
असोज १७ , काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्याण्ड र वेल्समा हुने द हन्ड्रेड प्रतियोगिताको ड्राफ्टमा पर्न सफल भएका छन्।
उक्त प्रतियोगिता आगामी वर्ष हुनेछ। जसका लागि ११ देशका १६५ विदेशी खेलाडीहरुलाई ड्राफ्टमा पर्न सफल भएका हुन्। जसमा सन्दिप लामिछाने छन्।
‘द हन्डे्रड’ १०० बलको फ्रेन्चाइज प्रतियोगिता हो। ड्राफ्टमा खेलाडी राखिएसँगै अब खेलाडी छनौट भने अक्टोबर २० मा हुनेछ।
खेलाडीहरुलाई तलबको आधारमा ७ वटा क्याटागोरीमा राखिएको छ। सन्दिप रहेको क्याटागोरीमा रासिद खान, ग्लेन म्याक्सवेल, केइरन पोलार्ड, हरवजन सिंह, आन्द्रे रसेल, सकिब अल हसन, तमिम एकबाल, साहिद अफ्रिदी र ड्वाइन ब्राभो पनि रहेका छन्। उनीहरु सबैको मूल्य १ लाख पाउन्ड राखिएको छ। जुन नेपालीमा १ करोड ३९ लाख ७८ हजार रुपैयाँ हुन आउँछ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि