निरन्तररूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ। यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था विश्लेषण गरिन्छ।
विज्ञहरू भन्छन्– ‘विजया दशमीमा पनि पानीले छोड्ने सम्भावना कम छ।’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हल्का र मध्यमस्तरको वर्षा गराउने मौसमी गतिविधि अझै बाँकी रहेकाले यसपटकको दशैं हिलोमुक्त हुनेछैन।
‘मौसमी क्यालेन्डरअनुसार मनसुन निस्क्रिय हुनुपर्ने समय हो तर मनसुन कमजोर बनाउने वायु सक्रिय भइसकेको छैन, आइतबार साँझ उनले भने– ‘पानीको मात्रा ७०/८० प्रतिशत कम भए पनि मनसुनी बादलले अझै सातारदश दिन छोड्ने संकेत देखिँदैन।’
मनसुन सक्रिय गराउने न्यून चापीय रेखा औसत स्थान आसपासमा रहँदा दक्षिणपूर्वी मनसुनी हावाको प्रभाव वायुमण्डलको तल्लो सतहदेखि माथिल्लो सतहसम्म प्रस्टै देखिएकाले मनसुनी गतिविधि जारी रहने अर्यालले प्रस्ट्याए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय