September 28, 2019

सांसदको तलबभन्दा भत्ता धेरै

संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५-७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।

संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरुको खातामा ३५ करोड ४६ लाख १७ हजार ८२३ रुपैयाँ पुगेको छ, जुन सांसदको एक वर्षमा पाएको तलबभन्दा धेरै हो ।

यो हिसाबअनुसार औषतमा एक जना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८८१ रुपैँयाँ भत्ता बुझ्छन् । जबकी उनीहरुको वर्षदिनको औषत तलबका लागि  ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । यो हिसावले सांसदले एक महिनामै औसत ९६ हजार ५७३ रुपैयाँ भत्ता बुझ्छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय