असोज ९, काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ।
विशेष गरी बल्खु हुँदै हेटौंडा, वीरगन्ज, सिमरा, निगजढ र कोटेश्वर हुँदै पूर्व जाने साना सवारीसाधनले बढी भाडा लिने गरेको गुनासो आउने गरेको महाशाखाले जनाएको छ।
टिकटअनुसार मूल्य लिएको छ कि छैन भनी चेकजाँच गर्ने र उल्लंघन गरेमा कारबाही गरिने महाशाखाले जनाएको छ। तर, अधिकांश काउन्टरमा हालसम्म भाडादर टाँसेको पाइएको छैन।
प्रहरीले भीडभाड हुने स्थल र टिकट काउन्टरहरूमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाउन शुरू गरिएको एसएसपी ढकालले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय