September 21, 2019

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने

असोज ४, चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । 
सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ । राष्ट्रपति सी बिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कँदा नेपाल आउने भन्नेमा टुंगो छैन ।

परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘हामीलाई दुवै तिथि स्वीकार्य भएको जानकारी गराएका छौं । असोज २३ गतेदेखि ३० भित्र कुनै न कुनै दिन राष्ट्रपति सी नेपाल भ्रमणमा आउनेछन् ।

सीको भारत भ्रमण निश्चित नहुँदा मिति तयमा ढिलाइ भएको अर्का अधिकारीले बताए । भारत भ्रमण रद्ध भए सी असोज २५ मा नेपाल आउनेछन् । नेपालले सीको भ्रमण एक रातका लागि तय गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ । चिनियाँ पक्षले सीलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाउने र दुईपक्षीय भेट तथा औपचारिक कार्यक्रम पनि त्यही गर्ने तयारी गरेको छ । यो समाचार अन्नपूर्ण पोष्ट्मा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण