असोज ४, नेपालको भौगोलिक नक्सा प्रकाशनका लागि नापीको अनुमति लिनुपर्ने व्यवस्था भए पनि अधिकांश नक्सा अनुमतिबिना प्रकाशन हुने गरेका छन् । यसै कारण कतिपय नक्सामा देशका सम्पूर्ण भूभाग नसेमिटएका नक्सा समेत बजारमा भेटिने गर्छन् ।हरेक देशमा राष्ट्रिय नाप नक्सा निकाय हुन्छ, जसले भौगोलिक नक्साको काम गर्छ । यस्तो निकायले नक्सा बनाउने र ‘स्ट्यान्र्ड’ तोक्ने काम गर्छ । नेपालमा यो कामको जिम्मेवारी नापी विभागलाई तोकिएको छ । भौगोलिक सूचनाको आधिकारिक निकाय नापी विभाग भए पनि धेरैले आआफ्नै तरिकाले नक्सा प्रकाशन गर्ने गरेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले कतिपय सरकारी र गैरसरकारी निकायले बिनाअनुमति नक्सा प्रकाशनमा गरिरहेको बताए । नक्सा प्रकाशन गर्नुपरेमा नापी विभागअन्तर्गतको नाप नक्सा समितिको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
जग्गा नाप जाँच नियमावली, २०५८ मा नापीको अनुमति र स्वीकृतीबिना नक्सा प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ । नियमावलीमा जुन उद्देश्यले नक्सा प्रकाशन गर्न स्वीकृत लिएको हो, सो उद्देश्य बाहिर गएर नक्सा प्रकाशन गर्न नहुने र नक्सा उत्पादन गर्नुपूर्व पाण्डुलिपि स्वीकृत गराउनुपर्ने उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडले समेत नापी विभागको अनुमतिबिना नै भौगोलिक नक्सा प्रकाशन र प्रयोग गर्ने गरेको छ । अधिकांश प्रकाशन गृहले विद्यालयमा पढाइने नक्सासम्बन्धी किताब (एटलास) पनि नापी विभागको अनुमतिबिना नै प्रकाशन गरिरहेका छन् । यो समाचार गोरखापत्र दैनिमा सविता शर्माले लेखेकी छिन् ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स