September 15, 2019

भारतसँग युद्ध सम्भव छ : पाकिस्तानी प्रधानमन्त्री खान

भाद्र २९, पाकिस्तान :  पाकिस्तानको प्रधानमन्त्री बनेपछि इमरान खानले कयौं चुनौतिको सामना गर्नुपरेको छ । आर्थिक क्षेत्र असफल हुनबाट पाकिस्तान बल्लबल्ल जोगिएको छ । अझै पनि आर्थिक संकटको बादल पूरै हटेको छैन ।

Image result for इमरान खान

अर्कोतर्फ भारतसँग हालैका दिनमा कश्मीरको विषयमा तनाव चरम स्थितीमा छ भने देशभित्रै पनि कराँचीमाथि राजनीति तातेको छ । भारतले जम्मू–कश्मीरको विशेष अधिकार खारेज गरेको विषयमा पाकिस्तानले यो मुद्दालाई विश्वको हरेक मञ्चमा उठाएको छ तर यसमा उनीहरुले सोचेजस्तो सफलता पाएका छैनन् ।  

इमरान खानलाई पाकिस्तानमा उनका विरोधीले ‘यु–टर्न’ प्रधानमन्त्री भन्ने गर्छन् । इमरान खानले नयाँ पाकिस्तान बनाउने बाचा गरेका थिए तर अझै पनि कुनै परिवर्तन देखिएको छैन ।

इमरान खानले अलजजिरालाई दिएको अन्तरवार्तामा भारतसँग कश्मीरमाथि युद्ध सम्भव भएको बताएका छन् । के दुई परमाणु शक्ति सम्पन्न देशबीच कुनै ठूलो संघर्ष वा युद्धको खतरा छ ? यस प्रश्नको जवाफमा उनले दुई देशबीच युद्धको खतरा रहेको बताए । पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘भारतसँग युद्ध सम्भव छ ।’

पाकिस्तानको आफ्नो छिमेकी देश चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमा नजिक छ भने भारतसँग त्यसको बिल्कुल तल्लोस्तरको छ ।  इमरान खानले कश्मीरका विषयमा उक्त अन्तरवार्तामा भने, ‘कश्मीरका ८० लाख मुस्लिम पछिल्लो ६ सातादेखि कैद भएका छन् । भारतले पाकिस्तानमाथि आतंकवाद फैलाएको आरोप लगाएर संसारको ध्यान यस मुद्दामा भट्काउन चाहेको छ । पाकिस्तानले कहिल्यै युद्धको सुरुवात गर्दैन । यस विषयमा म प्रष्ट छु ।  म शान्तिप्रिय मान्छे हुँ । युद्ध विरोधी हुँ । युद्ध समस्याको समाधान होइन भन्ने मेरो मान्यता छ ।’

‘भारत हामीलाई कंगाल बनाउन चाहन्छ’

इमरान खानले भने, ‘दुई परमाणु शक्ति सम्पन्न देश युद्धमा गयो भने यसको परिणामको कल्पना गर्न सकिँदैन । त्यसैले हामीले संयुक्त राष्ट्रसंघसँग सम्पर्क गरेका छौं । हामीले विश्वका हरेक मञ्चमा यो मुद्दा उठाइरहेका छौं । हामीले यसको राजनीतिक समाधान चाहेका छौं । यदि मुद्दा युद्धसम्म पुग्यो भने यो भारतीय उपमहाद्वीपमा मात्र सीमित रहने छैन । यो धेरै अगाडि जान्छ र संसारलाई प्रभावित गर्छ ।’

इमरान खाले भने, ‘हामीले भारतसँग वार्ताको प्रयास गर्‍यौं तर भारतले हामीलाई फाइनान्सियल एक्सन टास्क फोर्सको कालोसूचीमा हाल्ने प्रयास गर्‍यो । यदी पाकिस्तान कालोसूचीमा पर्‍यो भने हामीमाथि कयौं प्रतिबन्ध लाग्नेछ । भारतले हामीलाई कंगाल घोषणा गराउन चाहन्छ ।’

उनले भने, ‘भारत सरकाले आफ्नै संविधानको धारा ३७० खारेज गरेको छ । यसपछि उससँग वार्ता गर्नुको कुनै अर्थ छैन । उसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को उक्त प्रस्ताव विरुद्ध गएर गैरकानूनी तवरले कश्मीरलाई मिलाएको छ । जहाँ जनमतसंग्रहको सुनिश्चिता दिइएको थियो । यस तवरले उसले अन्तर्राष्ट्रिय कानूनमात्र होइन संविधान पनि उल्लंघन गरेको छ ।’

त्यस्तै भारतले स्पष्ट गरिसकेको छ की जम्मु–कश्मीर उसको आन्तरिक मामिला हो र यसमा कुनै पनि हस्तक्षेप स्वीकार्दैन ।

जब इमरान खानलाई उनको एक वर्षे कार्यकालको उपलब्धीको विषयमा सोधियो तब उनको उत्तर थियो, ‘हामी पहिले नै एक नयाँ पाकिस्तानमा छौं…यस सरकाले यस्तो कार्य गरिरहेको छ जुन पहिलेको कुनै पनि सरकारले गरेको थिएन ।  तर भनाइ छ, ‘रोम एक दिनमा बनेको होइन ।’ तपाई यती ठूलो परिवर्तनको र सुधारको सुरुवात गरिरहनुभएको छ भने समय त लाग्छ नै । कुनै पनि सरकारको कामकाजको समीक्षा पाँच वर्षपछि हुन्छ । पहिलो वर्ष सबैभन्दा कठिन समय थियो तर अबदेखि जनतालाई फरक महशुस हुनेछ । यतिबेला देशले सही दिशा लिएको छ ।’

 

‘मूर्ख मानिस यु टर्न हुँदैन’

इमरान खानले अलजजिरासँग भने, ‘जब मलाई यु–टर्नवाला प्रधानमन्त्री भन्छन्, मलाई खुशी लाग्छ । किनकी मूर्ख मानिसहरुले मात्रे यु–टर्न लिँदैनन् । बाटोमा आएका पर्खालमा शिर ठोकाइ रहन्छ । एक बुद्धिमान व्यक्तिले आफ्नो रणनीतिको तुरुन्त सुधार गर्छ ।’

तर उनको यु–टर्नले देशमा सकारात्मक प्रभाव पार्‍यो ?

इमरान खानसँग सोधिएको थियो परमाणु हतियार सम्पन्न दुई छिमेकी देशबीच कस्तो ठूलो  खतराको सम्भावना छ, उनले भनेका छन्, ‘निश्चित रुपमा भारतसँग युद्धको सम्भावना छ ।’

इमरान खानले भारतले संविधानको धारा ३७० खारेज गरेर कश्मीरको अधिकार खारेज गरेपछि उसँग वार्ताको प्रश्नै नहुने बताए । यदी भारत काश्मीरका विषयमा वार्ता गर्दैन भने पाकिस्ताने के गर्छ ?

जवाफमा इमरान खानले भने, ‘दोस्रो विश्व युद्धपछि संयुक्त राष्ट्रसंघ बन्यो र हामीले यही कश्मीरको मुद्दा उठायौं र अपेक्षा गरौं कुनै न कुनै समाधानको उपाय निस्कने छ । हामी विश्वका सबै शक्तिशाली मुलुकसँग सम्पर्क गरिरहेका छौं । यदि कश्मीरको मुद्दा सुल्झिएन भने यसको असर सम्पूर्ण विश्वमा पर्नेछ । जुन देशले भारतलाई ठूलो बजार देखिरहेको छ र उसले व्यापारका हिसावले सोचिरहेको छ, उनीहरुलाई यो कुरा थाहा छैन कि यदि उनहरुले हस्तक्षेप गरेनन् भने त्यसको असर भारतीय उपमहाद्वीपमा मात्रै नभई यसले संसारभरी प्रभावित पार्नेछ । ’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

चन्द्रतर्फ आर्टेमिस–२ उडान

क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन